Media Network

थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु


खबरस्टोरी संवाददाता

१४ श्रावण २०७९,शनिबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ हजार ६९९ जनामा गरिएको परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

त्यस्तै आज  कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद