Media Network

वीर अस्पतालको अनलाइन सिष्टम डाउन


खबरस्टोरी संवाददाता

१ जेष्ठ २०८०,सोमबार

काठमाडौं । वीर अस्पतालको अनलाइन सिष्टममा समस्या आएपछि ओपीडी टिकट काउण्टर अस्तव्यस्त बनेको छ । आधा घण्टाअघि सिष्टमले काम नगरेपछि अनलाइनमार्फत् हुने काम रोकिएका छन् । अस्पतालका प्रशासन प्रमुख सागर मिश्रले विद्युत् सेवा काटिएको र जेनेरेटरले तत्काल काम नगरेपछि समस्या आएको जानकारी दिए । 

“लाइन गयो, जेनेरेटरले काम नगरेपछि कम्प्युटरमार्फत् काम हुन सकिरहेको छैन । यो ठूलो समस्या होइन, हामी छिट्टै बनाइहाल्छौँ,” मिश्रले भने । 

अनलाइन माध्यमबाट काम नभएपछि ओपीडीमा आउने बिरामीलाई कार्डमा विवरण नराखी सम्बन्धित ओपीडीको छाप लगाउँदै पठाउँदै गरिएको छ ।  वीरमा यसअघि गतवर्ष जेठमा पनि सर्भर डाउन हुँदा दुई दिनसम्म सेवा प्रभावित भएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद