Media Network

वीर अस्पतालमा आजदेखि बिहान ८ बजेदेखि नै ओपीडी सञ्चालन हुने


खबरस्टोरी संवाददाता

१ श्रावण २०८०,सोमबार

काठमाडौं । वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आजदेखि कार्यान्वयनमा आउन लागेको हो ।

तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन् । न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन एफडीएले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेका हुन् । एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद