Media Network

अफगानिस्तान युद्ध: तालिबान लडाकुहरू कसरी यति चाँडै बलिया भए?


khabarstory

११ भाद्र २०७८,शुक्रबार

अफगानिस्तानमा तालिबानले आफ्नो पकड बलियो बनाउँदै लगेको गतिले कतिपयलाई आश्चर्यमा पारेको पाइन्छ। क्षेत्रीय राजधानीहरू सहजै ढलिरहेका छन्।

अफगान सरकारले आफ्नो पकड कायम राख्न सङ्घर्ष गरिरहेका बेला तालिबान विद्रोहीहरू राजधानी काबुलमा प्रवेश गरेका छन् भने राष्ट्रपति अशरफ गनी देश छोडेर पलायन भएका छन्।

यसै साता चुहिएको एउटा अमेरिकी गुप्तचर निकायको प्रतिवेदनले राजधानी काबुलमा केही दिनमै आक्रमण हुन सक्ने र सरकार ९० दिनमा ढल्न सक्ने आकलन गरेको थियो।

यति चाँडै यस्तो अवस्था कसरी आयो त?

अमेरिका र यूकेसहित उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले पछिल्लो २० वर्षमा उल्लेख्य समय अफगान सुरक्षा फौजहरूलाई तालिम दिने र उनीहरूलाई सम्पन्न बनाउनमा बिताए।

अनगन्ती अमेरिकी र ब्रिटिश सैन्य अधिकारीहरूले थप शक्तिशाली अनि योग्य अफगान सेना निर्माण गरेको दाबी गरेका थिए।

Presentational grey line

तालिबानको काबुल यात्राः यस्तो छ समयक्रम

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी

अफगानिस्तान

  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा, राष्ट्रपति अशरफ गनी विदेश पलायन, राष्ट्रपति भवनमा तालिबान लडाकुहरू प्रवेश
Share:
Reaction :
ताजा समाचार
खेलकुद