Media Network

अमेरिकी राष्ट्रपति बाइडेन भारतको नयाँ दिल्लीमा, मन्त्री सिंहले गरे स्वागत


खबरस्टोरी संवाददाता

२३ भाद्र २०८०,शनिबार

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन जी–२० बैठकमा सहभागी हुन शुक्रबार साँझ भारतको नयाँ दिल्ली पुगेका छन् । उनलाई विमानस्थलमा केन्द्रीय मन्त्री विके सिंहले स्वागत गरेका थिए ।


भ्रमणको पहिलो दिन उनले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।


ह्वाइट हाउसबाट जारी गरिएको बिज्ञप्ति अनुसार उनी जर्मनी, भारत र भियतनामको तीन दिने भ्रमण कार्यक्रम अनुसार देश बाहिर निस्केका हुन तर उनी अधिकांश समय भारतमै रहनेछन् ।


शनिबार औपचारिक स्वागत पछि बाइडेन जी-२० एक पृथ्वीको पहिलो सत्र र अर्को सत्र एक परिवारमा पनि उपस्थित हुनेछन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद