Media Network

अमेरिकाको एक विद्यालयमा गोली चल्दा १ जनाको मृत्यु, ५ घाइते


खबरस्टोरी संवाददाता

२० पुष २०८०,शुक्रबार

काठमाडौं । अमेरिकाको डल्लासस्थित आयोवामा रहेको एक स्कुलमा गोली चल्दा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

आयोवाको पेरी हाई स्कुलका १७ वर्षीय एक विद्यार्थीले चलाएको गोली लाग्दा ५ जना विद्यार्थी र एक शिक्षक घाईते भएका हुन् , उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने चार जनाको अवस्था सामान्य रहेको छ । ति १७ वर्षीय विद्यार्थीले ६ कक्षाका विद्यार्थीहरुमाथि गोली चलाएका थिए ।

घटनास्थलमा गोली चलाउने विद्यार्थी नै मृत फेला परेका छन् । उनले अरुलाई गोली चलाएर आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद