Media Network

अर्जेन्टिनाको राष्ट्रपतिमा जाभियर माइली विजयी


खबरस्टोरी संवाददाता

५ मंसिर २०८०,मंगलवार

काठमाडौं । दक्षिणपन्थी लिबर्टी एड्भान्स गठबन्धनका जाभियर माइलीले अर्जेन्टिनाको राष्ट्रपति पदमा अर्थमन्त्री सर्जियो मासालाई पराजित गरेको निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ । आधिकारिक नतिजा आउनुअघि नै हार स्वीकार गर्दै मासाले आउँदो चार वर्षका निम्ति देशको राष्ट्रपति हुने माइलीलाई बधाई दिएका हुन् ।

सरकारले जारी गरेको आधिकारिक तथ्यांकानुसार ८६.५९ प्रतिशत मतगणनामा माइलीले ५५.९५ प्रतिशत मत ल्याएका छन् । मासाले ४४.०४ प्रतिशत मत प्राप्त गरेका छन् ।

गएको आइतबारको निर्वाचनमा ७६.३९ प्रतिशत मतदान भएको थियो ।

माइली वर्तमान राष्ट्रपति अल्बर्टो फर्नान्डेजको उत्तराधिकारी हुनेछन् । उनले डिसेम्बर १० मा चार वर्षको कार्यकालका निम्ति पदभार ग्रहण गर्ने तयारी छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद