Media Network

भारतले इजरायलबाट फर्कायो २ सय १२ जना भारतीय नागरिक


खबरस्टोरी संवाददाता

२६ आश्विन २०८०,शुक्रबार

काठमाडौ । भारतले इजरायलबाट आफ्ना नागरिक फिर्ता ल्याउन ‘अपरेशन अजय’ शुरु गरेको छ । हमाससँगको युद्धकाबीच इजरायलका विभिन्न सहरमा फसेका भारतीय नागरिकलाई बाहिर निकाल्न भारत सरकारले ‘अपरेशन अजय’ सञ्चालन गरेको हो । पहिलो खेपमा इजरायलमा फसेका २ सय १२ जनालाई विशेष विमानमार्फत् आज बिहान नयाँ दिल्ली ल्याइएको छ ।

पहिलो खेपमा महिला, वृद्धवृद्धा र बालबालिका गरी २ सय १२ जना भारत फर्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वदेश फर्किएका उनीहरुले खुशी व्यक्त गदै सरकारलाई धन्यवाद दिएका छन् । गएको शनिवार हमासले इजराइलमा आक्रमण शुरु गरेको थियो । त्यसयता निरन्तर आक्रमणका घटना भइरहेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद