Media Network

भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूमि लिपुलेक हुँदै कैलाश पर्वतमा पुगेर तपस्या गर्ने


खबरस्टोरी संवाददाता

२५ आश्विन २०८०,बिहीबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको चुच्चेनक्सामा समेटिएको नेपाली भूमि लिपुलेक हुँदै कैलाश पर्वतको दर्शनका लागि आज त्यसतर्फ जाँदै छन् ।

उनी बिहान साढे ९ बजे भारतको पिथौरागढ जिल्लाको जोलिङकङ पुग्नेछन्, जहाँ उनले पार्वती कुण्डमा पूजा र दर्शन गर्ने कार्यक्रम रहेको छ । उनले पिथौरागढमा आयोजित जनसभालाई सम्बोधन गर्नेछन् ।त्यसपछि लिपुलेक हुँदै उनी चीनको सीमामा रहेको कैलाश पर्वतको दर्शन गरी यहाँ तपस्या गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोदीले पिथौरागढको गुन्जी गाउँ पुगेर यहाँका स्थानीयहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।उनले पिथौरागढमा ग्रामीण विकास, सडक, बिजुली, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापन जस्ता क्षेत्रसँग सम्बन्धित करिब ४२ सय करोडको विकास परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद