Media Network

चीनमा भूकम्प जाँदा १०० भन्दा बढीको मृत्यु


खबरस्टोरी संवाददाता

३ पुष २०८०,मंगलवार

काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ भने दुई सय भन्दा बढी घाइते छन् ।हिजो सोमबार राति कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६।२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् ।यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।भूकम्प गएको क्षेत्र चीनको दुर्गम क्षेत्र पर्छ। सबै प्रदेशमध्ये यो गरीब प्रदेश रहेको छ। जसले गर्दा पनि उद्धारमा कठिनाइ भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

भूकम्पले भत्किएका घरमा पुरिएका नागरिकको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएका छन्। यो क्षेत्र मंगोलियाको सीमासँग जोडिएको छ। चिसोका कारण पनि उद्धारमा कठिनाइ भइरहेको जनाएको छ। अहिले यो क्षेत्रको न्यूनतम तापक्रम माइनस १३ डिग्री सेल्सियसको हाराहारीमा रहेको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन्।

भूकम्पले ठूलठूला भवनमा क्षति पुगेको छ। थुप्रै भौतिक संरचनामा क्षति पुगेको जनाएको छ। जसले गर्दा बिजुली र पानीको आपूर्ति पनि अवरुद्ध भएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद