Media Network

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै


खबरस्टोरी संवाददाता

१२ आश्विन २०८०,शुक्रबार

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट आइतबार काठमाडौं आउने भएकी छन् । एमसीसीकी सीईओ एलिस काठाडौंमा पाँच दिनसम्म रहने कार्यतालिका छ ।

अमेरिका र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट कार्यान्वयनमा गएको छ । एमसीसीकी सीईओ एलिस यसैको कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

‘एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपाल–अमेरिका बीचको द्विपक्षीय साझेदारी मनाउन र एमसीसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको उपलक्ष्यमा अर्को साता नेपाल भ्रमण गर्नुहुने भएको छ’, काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ ।

दूतावासका अनुसार भ्रमणका क्रममा एमसीसीकी सीईओ एलिसले नेपाल सरकारका वरिष्ठ नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने दूतावासको भनाइ छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद