Media Network

फिलिपिन्समा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प


खबरस्टोरी संवाददाता

१७ मंसिर २०८०,आईतवार

काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गए राति साढे १० बजे ७।५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

यसको गहिराइ ३२ किलोमिटर थियो । अधिकारीहरूले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् । भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ ।

फिलिपिन्सको सिस्मोलोजी एजेन्सी फिवोलक्सका अनुसार सुनामीको लहर फिलिपिन्सको स्थानीय समयअनुसार मध्यरातमा आउन सक्ने र चार घण्टासम्म जारी रहने अनुमान गरिएको छ । जापानको सरकारी टेलिभिजन एनएचकेले भूकम्पपछि एक मिटर माथिसम्म समुद्री छाल आउन सक्ने चेतावनी जारी गरिएको जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद