Media Network

गाजा सहर खाली गर्न इजरायली सेनाको आदेश


खबरस्टोरी संवाददाता

२७ आश्विन २०८०,शनिबार

जेरुसेलम । इजरायली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । इजराइलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उक्त आदेश दिएको हो ।

उक्त आदेशले यस अघिदेखि नै इजरायली हवाई हमला र नाकाबन्दीको सामना गरिरहेका सर्वसाधारण र सहायताकर्मीहरू आतङ्कित भएका छन् । इजराइली सेनाले गाजा सिटीका लाखौँ नागरिकलाई गहिरो दक्षिणी गाजापट्टी साँघुरो तटीय क्षेत्र तर्फ भाग्न चेतावनी दिँदै बिहान गाजा सिटी खाली गर्ने आदेश दिएको थियो ।गाजा सिटीका सुरुङमुनि हमास लडाकुहरू लुकेर बसेको इजरायलको आदेशमा आरोप लगाइएको थियो । ‘यो निष्कासन तपाईं आफ्नै सुरक्षाका लागि हो’, गाजा सिटीका नागरिकहरूलाई पठाइएको चेतावनीमा इजरायली सेनाले भनेको छ ।

बिहीबार संयुक्त राष्ट्रसङ्घले इजरायली सेनाबाट न्युयोर्कमा उत्तरी गाजाका सबै ११ लाख सर्वसाधारणलाई दक्षिणतिर भाग्न २४ घन्टाको समय दिएको एउटा छुट्टै निर्देशन प्राप्त गरेको बताएको छ ।सन् २००७ देखि गाजामा शासन गरेको हमासले उक्त आदेशलाई खारेज गरेको छ । उसले प्यालेस्टिनीहरूलाई आफ्नो घरमै रहन र कब्जा गरेर छेडिएको मनोवैज्ञानिक युद्धको सामना गर्न दृढ रहन आह्वान गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद