Media Network

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार नाघ्यो


खबरस्टोरी संवाददाता

५ पुष २०८०,बिहीबार

गाजा । गत अक्टोवरमा ७ मा इजरायली आक्रमण सुरु भए देखि डिसेम्बर २० सम्म गाजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघेको हमास निकट सञ्चार कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, छ हजार २०० महिला छन्। आक्रमणमा ५२ हजार भन्दा बढी ब्यक्तिहरू घाइते भएका छन् भने छ हजार ७०० भन्दा बढी ब्यक्तिहरू बेपत्ता भएका छन्।

इजरायली हमलामा कूल तीन सय दश चिकित्सा कर्मचारी, ३५ सैन्य कर्मचारी  तथा ९७ जना पत्रकारहरूको मृत्यु भएको विवरण थप भएको छ। हमलामा हेब्रोन र बेथलेहेमका वेस्ट बैंक सहरमा इजरायली सैनिकसँगको झडपमा दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद