Media Network

हमासले पहिलो पटक सार्वजनिक गर्‍यो इजरायली बन्धकको भिडियो


खबरस्टोरी संवाददाता

३० आश्विन २०८०,मंगलवार

एजेन्सी । हमासको सैन्य शाखा अल(कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेको भिडियो सार्वजनिक गरेको छ।अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडियो हो। हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ । भिडियोमा एउटी महिलाले आफ्नो नाम माया शेम हो, उनी २१ वर्षकी र इजरायलको शोहम सहरकी हुन् भनी बताएकी छिन् ।

इजरायलको एउटा पार्टीबाट हमासले आफूलाई बन्धक बनाएको उनले बताइन् । उनले भिडियोमा रिहाइको लागि अपिल गरेकी छन् । भिडियोमा हातमा चोट लागेको महिलाको उपचार भइरहेको फुटेज पनि समावेश छ। एक बयानका अनुसार इजरायली सेनाले मायालाई हमासले अपहरण गरेको र सेना उनको परिवारसँग सम्पर्कमा रहेको पुष्टि गरेको छ।

सेनाले विज्ञप्तिमा भनेको छ, “यस समयमा हामी सबै बन्धकहरूलाई फिर्ता गर्नका लागि सबै गुप्तचर जानकारी र परिचालन उपायहरूमा काम गरिरहेका छौं।”‘

Share:
Reaction :
ताजा समाचार
खेलकुद