Media Network

इजरायल - हमास युद्ध : संगीत महोत्सवस्थलमा भेटिए २६० शव


खबरस्टोरी संवाददाता

२२ आश्विन २०८०,सोमबार

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेहरूको संख्या एक हजार माथि पुगेको छ । इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकैपटक कम्तीमा २६० जनाको शव निकालेका छन् ।

राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले हमला गरेका थिए । त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सार्वजनिक भएका छन् । इजरायली उद्धार सेवा ‘जिका’ ले आइतबार त्यहाँ खोजतलास गर्दा ठूलो संख्यामा हताहति भएको पाइएको हो । अझै धेरै शव संकलन गर्न बाँकी रहेको उद्धार टोलीले जनाएको छ ।

संगीत महोत्सवमा शुक्रबार राति अबेरसम्म मानिसहरू नाचेर रमाइरहेका थिए । तर, एकाएक त्यहाँ गोली चल्न थालेपछि कोलाहल मच्चिएको थियो । गोलीबाट बच्न मानिसहरू खुल्ला स्थानमा कुदिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । महोत्सवबाट थुप्रै व्यक्तिहरूलाई अपहरण गरेर हमास लडाकुले बन्धक बनाएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद