Media Network

इजरायल जाने एअर इन्डियाका सबै उडान स्थगित


खबरस्टोरी संवाददाता

२२ आश्विन २०८०,सोमबार

नयाँदिल्ली । हमासले शनिबार बिहानदेखि इजरेलमा आक्रमण गरेपछि विश्वमा नयाँ युद्ध सुरु भएसँगै एयर इन्डियाले इजरेलको राजधानी तेल अवीवका लागि अक्टोबर १४ तारिख शनिबारसम्मका लागि सबै उडान रद्दa गरेको छ ।

एयर इन्डियाले आइतबार साँझ बताएअनुसार एयरलाइनले तेल अवीव जाने सबै उडानहरू अक्टोबर १४ सम्म रद्द गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्ना चालक दलका सदस्य र सबै यात्रुको सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरेको एयरलाईन्सले जनाएको छ । साथैएयरलाईन्सले अक्टुबर १४ सम्म कन्फर्म टिकट भएका यात्रुलाई कम्पनीले सक्दो सहयोग गर्ने बताएको छ ।

टाटा समूहको एयरलाइन्स एयर इन्डियाले तेल अवीव र नयाँदिल्ली बीच साप्ताहिक रूपमा पाँच उडानहरू सञ्चालन गर्दछ। यी उडानहरू सोमबार, मंगलबार, बिहीबार, शनिबार र आइतबार हुँदै आएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद