Media Network

इजरायलले युद्ध अपराध र नरसंहार गरिरहेको इरानको आरोप


खबरस्टोरी संवाददाता

२८ आश्विन २०८०,आईतवार

काठमाडौं । इरानले इजरायलमाथि युद्ध अपराध र नरसंहार गरिरहेको आरोप लगाएको छ ।इजरायलले युद्ध अपराध र नरसंहार तत्काल नरोके स्थिति नियन्त्रण बाहिर जाने र यसको दूरगामी नतिजा निस्किने चेतावनी दिएको छ ।

स्थिति बाहिर गएमा त्यसको जिम्मेवारी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद र यो संघर्षलाई अघि बढाइरहेका देशरुले लिनु पर्ने इरानले बताएको छ ।

यसअघि हमासका नेता इस्माइल हानिया र इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियनबीच भेट भएको थियो ।

भेटमा होसेन अमिरले एक हप्ताअघि हमासले इजरायलमाथि गरेको हमलाई ऐतिहासिक भनेका थिए ।

हमासको आक्रमणपछि इजरायली जवाफी कारबाही तिव्र पारेको छ । इजरायली सेनाले उत्तरी गाजा खाली गर्न नागरिकलाई निर्देशनसमेत दिएको छ । तर हमासले नगारिकलाई उत्तरी गाजामा रोकेको र उनीहरुलाई अन्त जान नदिएको आरोप लगाएको छ ।

हमासले गरेको आक्रमणबाट १ हजार ३०० जना र इजरायली सेनाले गरेको कारबाहीबाट अहिलेसम्म २ हजार ३०० जनाको मृत्यु भइसकेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद