Media Network

इन्डोनेसिया ज्वालामुखी विस्फोट : ११ जनाको मृत्यु, १२ जना वेपत्ता


खबरस्टोरी संवाददाता

१८ मंसिर २०८०,सोमबार

काठमाडौं । इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । १२ जना हराइरहेका छन् ।

ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेको बताइएको छ । सोमबार थप ३ जनाको उद्धार गरिएको छ । त्यसअघि ४९ उद्धार गरिएको थियो । उद्धार गरिएकाहरुमध्ये धेरैजसोको शरीर जलेको छ भने उनीहरु निकै कमजोर अवस्थामा रहेका उद्धारकर्मीहरुले बताएका छन् ।

इन्डोनेशियामा १२७ वटा सक्रिय ज्वालामुखीहरू छन् । तिनैमध्ये २ हजार ८९१ मिटर अग्लो मारापी पर्वतमा आइतवार ज्वालामुखी विष्फोट भएको थियो ।

उक्त ज्वालामुखीका कारण झन्डै तीन किलोमिटर माथिसम्म खरानी र धुँवाको मुस्लो उठेको थियो । गाडी र घरहरु धुवाँ र खरानीले ढाकिएको दृष्य भिडियोमा देखिन्छ ।

पदयात्रामा रहेकाहरु त्यही ज्वालामुखीमा परेका थिए । नजिकै अर्को एक सानो ज्वालामुखी पनि विष्फोट भएकाले उद्धारकार्य प्रभावित भएको छ ।

स्थानीयवासीलाई ज्वालामुखी विष्फोट भएको ठाउँभन्दा कम्तीमा तीन किलोमिटर परै रहन निर्देशन जारी गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद