Media Network

इरान बम विस्फोटमा परी १०३ जनाको मृत्यु, १४१ घाइते


खबरस्टोरी संवाददाता

१९ पुष २०८०,बिहीबार

इरान । हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुईवटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एकसय तीन जनाको मारिएको सरकारी मिडियाले बताएको छ ।

आक्रमणको जिम्मेबारी तत्काल कसैले लिएको छैन । आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो । एजेन्सीले भनेको छ, ‘आतङ्कवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको संख्या बढेर एक सय तीन पुगेको छ ।’

बम विस्फोटमा अन्य एक सय ४१ जना घाइतेको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद