Media Network

जापान एयरलाइन्सको विमान अवतरणका क्रममा आगलागी


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ।राजधानी टोक्योको हनेडा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगो लागेको हो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमान धावनमार्गमा अर्को विमानसँग ठोक्किएपछि आगो लागेको हो। जापान एयरलायन्सका अनुसार विमानमा सवार सबै चालक दलका १२ र ३ सय ६७ यात्रु गरी सबै ३ सय ७९ जनाको सकुशल उद्धार गरिएको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद