Media Network

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प


खबरस्टोरी संवाददाता

६ बैशाख २०८१,बिहीबार

जापानको शिकोकु टापुमा बुधबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेट जाँदा भूकम्प गएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, भूकम्पपछि सुनामीको खतरा भने नरहेको जनाइएको छ ।हालसम्म भूकम्पपछि कुनै पनि भौतिक क्षति वा घाइते भएको कुनै पनि रिपोर्ट प्राप्त नभएको समाचारमा उल्लेख छ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद