Media Network

पाकिस्तानमा बम विष्फोट हुँदा ५२ जनाको मृत्यु, ५४ घाइते


खबरस्टोरी संवाददाता

१२ आश्विन २०८०,शुक्रबार

इस्लामवाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विष्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ ।इद मिलादुन नबी मनाउन मानिसहरु भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घाइतेहरुको बलुचिस्तान र क्वेटाका अस्पतालमा उपचार भइरहेको बताएको छ । विष्फोटमा १ जना प्रहरी अधिकारीले पनि ज्यान गुमाएका छन् ।

बलुचिस्तानका प्रान्तीय अधिकारीहरुले आतङ्वादीहरुले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै उनीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले छानबिन आयोग गठन गरेको छ ।

अहिलेसम्म विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद