Media Network

पेरुका पूर्वराष्ट्रपति फुजिमोरी रिहा


खबरस्टोरी संवाददाता

२१ मंसिर २०८०,बिहीबार

लिमा । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन् । मानवताविरुद्धको अपराधमा उनले २५ वर्षे जेल सजाय भोगिरहेका थिए । संवैधानिक अदालतले मंगलबार ‘तत्काल रिहा’ आदेश जारी गरेपछि उनी जेलमुक्त भएका हुन् ।
फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किएका हुन् । रिहाइपछि उनलाई परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थिए ।
केही समयअघि नेसनल पेनिटेन्सियरी इन्स्टिच्युटले सामाजिक सञ्जालमार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद