Media Network

सिक्किममा बाढी : १४ जनाको मृत्यु, १०२ जना बेपत्ता


खबरस्टोरी संवाददाता

१८ आश्विन २०८०,बिहीबार

दार्जिलिङ । सिक्किमको लोनाक ताल फुटेर आएको बाढीमा परी अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।सो तालको करिब ६५ प्रतिशत ९१६५ हेक्टर भाग फुटेर नष्ट भएको छ भने ताल फुटे पछि आएको बाढीले तटीय क्षेत्रलाई तहसनहस बनाएको छ । टिस्टा नदीमा अचानक बाढी आए पछि सेनाको क्याम्पलगायत धेरै भौतिक संरचना ध्वस्त हुन पुगेका छन् ।

यसैबीच, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले केही स्याटेलाइट तस्बिरहरू सार्वजनिक गरेको छ, जसलाई हेरे पछि तालको पानी कसरी सकियो र बाँकी भाग सुक्खा रह्यो भन्ने स्पष्ट हुन्छ। उसका अनुसार सिक्किममा भीषण बर्षा भयो र त्यसपछि आएको बाढीले राज्यमा धेरै विनाश गरेको हो।जसका कारण जलविद्युत आयोजनाको ठूलो हिस्सा बगेर दर्जनौं मानिस बेपत्ता भएका छन् । १७, १८ सेप्टेम्बर र ४ अक्टोबरमा तालको क्षेत्रमा परिवर्तन भएको इसरोले जनाएको छ । बादल फुटेर तालको १ सय ५ हेक्टर जमिन बगेर बेपत्ता भएको देखिएको छ । जसका कारण अचानक बाढी आएको हो ।

सिक्किम सरकारले बाढीका कारण १४ जनाको मृत्यु भएको र १०२ जना बेपत्ता भएको बताएको छ । यसबाहेक २६ जना घाइते भएका छन् । बेपत्ताहरुको खोजी कार्य जारी छ । भारतीय सेना र उद्धारकर्मी मानिसहरुको खोजीमा जुटेका छन् ।अहिलेसम्म अचानक आएको बाढीका कारण १४ जनाको मृत्यु भएको र उनीहरुको शव फेला परेको सिक्किम सरकारले जानकारी दिएको छ । उत्तर बंगालमा सयौं किलोमिटर टाढा तीन जनाको शव फेला परेको थियो भने अन्य पाँच जनाको शव सिक्किमको गोलितार र सिङ्ताम क्षेत्रमा भेटिएको थियो।

सिक्किममा भएको यस त्रासदीपुर्ण घटनामा भारतीय सेनाका २३ जना सैनिक पनि बेपत्ता भएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद