यही वैशाख २ गते बिहान मुम्बईको बान्द्रास्थित सलमानको घर ग्यालेक्सी अपार्टमेन्टबाहिर गोली प्रहार गरिएको थियो। सो घटनामा संलग्न आरोपमा मुम्बई प्रहरीको अपराध शाखाले सागरसहित विक्की साहेब गुप्तालाई पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई प्रहरीले आरोपित सागर पालको घरमा गएर उनका बुवा जोगिन्दर शाहसँग सोधपुछ गरेको थियो। सो क्रममा उनका बाबुले छोरा कामका लागि जालन्धर गएको र आफूले पनि यो घटना सोसल मिडियामार्फत थाहा पाएको बताएका हुन्।
अब मुम्बई अपराध शाखाले चाँडै आरोपित सागर पालले काम गरेको जालन्धर र त्यहाँको सम्पर्कमा रहेका व्यक्तिबारे अनुसन्धान अघि बढाउने भएको छ। यसैबीच अभियुक्त विक्की गुप्ताका बुवाले सलमान खानसँग माफी मागेका छन्। प्रहरीले सोधपुछ गर्ने क्रममा विक्कीका बुबा साहेब शाहले आफू किसान भएको र छोरो मजदुरी जलान्धर गएको बताउँदै छोराले गरेको गल्तीका लागि माफी मागेका हुन्।
उनले भने, ‘कसैको प्रभावमा उनले सलमान खानको घरमा गोली चलाएको हुनसक्छ। यसका लागि म आफैँ सलमान खानसँग माफी माग्छु। म उहाँलाई हात जोडेर मेरो छोरालाई माफ गर्न अनुरोध गर्दछु।’