Media Network

थाइल्याण्डमा बन्दुकमाथिको नियन्त्रण बढाइँदै


खबरस्टोरी संवाददाता

१९ आश्विन २०८०,शुक्रबार

काठमाडौँ।थाइल्याण्डले बन्दुक र बन्दुकको अनुकरण गरी बनाइएका हतियारमाथि नियन्त्रण बढाउने बढाउने भएको छ।

बैङ्ककस्थित सपिङ मलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु र अन्य पाँच जना घाइते भएपछि थाइल्याण्डले बन्दुक तथा अन्य हतियारमाथि नियन्त्रण बढाउन लागेको अधिकारीहरूले बताएका हुन्।  

थाइल्याण्डका उपप्रधानमन्त्री अनुटिन चार्नभिराकुलले अवैध हातहतियारमाथि कडा निगरानी गर्ने र बन्दुकको अनुकरण गरी बन्ने हतियार नियन्त्रणका लागि कडा नियमसहित हतियार राख्ने, बोक्ने र प्रयोगमा प्रतिबन्ध लगाउने उपाय सरकारले लागू गर्ने बताएका छन्।

खाली बन्दूक, छर्रा बन्दूक र ‘एअरगन’हरू घातक हतियारहरूमा परिमार्जन गर्न सकिने भएकाले यस्ता हतियार राख्नका लागि प्रशासनको अनुमति पत्र (लाइसेन्स) आवश्यक पर्छ। उनले भने, ‘अधिकारीहरूले हतियारको अवैध रूपमा आयात र अनलाइन बिक्री गर्नेहरूलाई कडा निगरानी पनि गर्नेछन्।’

सुटिङ खेलका लागि दर्ता भएका बन्दुक सुटिङ शिविरमा मात्र राख्नुपर्ने र सुटिङ गतिविधिमा भाग लिनेलाई उमेरको प्रतिबन्ध लगाइने उनले बताए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद