Media Network

वेस्ट बैंकमा इजरायली आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु


खबरस्टोरी संवाददाता

७ मंसिर २०८०,बिहीबार

काठमाडौं । उत्तरी वेस्ट बैंकमा बुधबार इजरायली आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मारिनेमध्ये ६ तुलकर्म शरणार्थी शिविरका र एकजना कलकिल्या सहरका रहेको मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले बुधबार बिहान तुलकर्म शिविरमा ड्रोन आक्रमण गरेको थियो । आक्रमणमा ६ प्यालेस्टाइनीको मृत्यु भएको थियो ।

यस्तै, कल्किल्यानजिकैको अजुन सहरमा इजरायली सेनासँगको भिडन्तमा एक प्यालेस्टाइनी युवाको मृत्यु भएको छ ।

अक्टोबर ७ यता हमास–इजरायल द्वन्द्व सुरु भएदेखि वेस्ट बैंकमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद