Media Network

युक्रेनी आक्रमणमा रुसको बमवर्षक विमान नष्ट


खबरस्टोरी संवाददाता

५ भाद्र २०८०,मंगलवार

युक्रेनी ड्रोन आक्रमणमा परी रुसको लामो दूरीको बमवर्षक विमान नष्ट भएको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार सोल्टसी–२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू–२२ विमानमा आगो लागेको देखिएको छ।

मस्कोले आफूले एउटा ड्रोनमा साना हतियारले प्रहार गरेको भए पनि उक्त ड्रोनले विमानलाई क्षति पुर्‍याउन सफल भएको समाचारमा उल्लेख छ । यसबारे युक्रेनले कुनै प्रतिक्रिया जनाएको छैन।त्यसपछि रुसी हवाई प्रतिरक्षाले मस्को क्षेत्रमा दुई वटा ड्रोन खसालेको मेयर सर्गेई सोब्यानिनले जानकारी दिए। युक्रेनी सीमाको उत्तर–पूर्वमा रहेको ब्रायन्स्क क्षेत्रमा अन्य दुई वटा ड्रोनलाई रोकिएको थियो।

ध्वस्त पारिएको रुसी टीयू–२२ बमवर्षक ध्वनिको गतिभन्दा दुई गुना बढी गतिमा उडान गर्न सक्थ्यो। रुसले उक्त विमान युक्रेनका सहरहरूमा आक्रमण गर्न व्यापक रूपमा प्रयोग गर्दै आएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद