Media Network

आईपीएल : बेंग्लोरले लखनउलाई १८ रनले हरायो


खबरस्टोरी संवाददाता

१९ बैशाख २०८०,मंगलवार

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले लखनउ सुपर जायन्ट्सलाई हराएको छ ।लखनउ घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेङ्लोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो ।

बेंग्लोरले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको लखनउले १९.५ ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सफल भयो ।गए राति भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बेङ्लोरले ९ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । उसका फाप डु प्लेसिसले सर्वाधिक ४४ रन बनाएका थिए ।

९ खेलमा पाँच जित तथा चार हार व्यहोरेको बेंग्लोर १० टोली सहभागी लिगको पाँचौं स्थानमा उक्लिएको छ । नौ खेलमा पाँच जित र चार हारका साथ लखनउ अङ्क तालिकाको तेस्रो स्थानमा झरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद