Media Network

आईपीएलः हैदराबादसँग दिल्ली पराजित


खबरस्टोरी संवाददाता

१७ बैशाख २०८०,आईतवार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादासँग पराजित भएको छ । शनिबार राति भएको खेलमा हैदराबादले दिल्लीलाई उसैकै मैदानमा ९ रनले पराजित ग¥यो ।

पहिला ब्याटिङ गरेको हैदराबादले पुरै ओभर खेलेर १९७ रन बनायो । १९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन मात्रै बनाउन सक्यो ।दिल्लीका लागि फिलिप साल्ट र मिचेल मार्शले अर्धशतक प्रहार गरे । मार्शले ३९ बलमा १ चौका तथा ६ छक्कासहित ६३, साल्टले ३५ बलमा ९ चौकासहित ५९, अक्षर पटेलले २९ रन बनाए ।

हैदराबादका मयक मार्कन्डेले २ तथा भुवनेश्वर कुमार, टि नटराजन, अमिल हुसेन र अकिल हुसेनले १, १ विकेट लिए ।हैदराबादका लागि ओपनर अभिषेक शर्माले ३६ बलमा १२ चौका र १ छक्का प्रहारसहित ६७, हेनरिक क्लासेननले २७ बलमा २ चौका र ४ छक्कासहित ५३ रन, अब्दुल समादले २८ र अकिल होसेन १६ रन बनाए ।दिल्लीका लागि मिचेल मार्शले ४ ओभरमा २७ रन खर्चिएर ४ विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले १, १ विकेट लिए ।

आठ खेल खेल्दा तेस्रो जित हात पारेको हैदराबाद ६ अंक जोडेर अंकतालिकामा आठौं स्थानमा उक्लिएको छ ।छैटौं हार बेहोरेको दिल्ली ४ अंकसहित पुछारमै छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद