Media Network

आइपिएलः पञ्जाबलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लियो लखनउ


खबरस्टोरी संवाददाता

१६ बैशाख २०८०,शनिबार

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले पञ्जाब किंग्सलाई ५६ रनको अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लखनउले दिएको २५८ रनको लक्ष्य पछाएको पञ्जाब्ले १९.५ ओभरमा अलआउट हुदै २०१ रन बनाएपछि खेल ५६ रनले हारेको हो ।पञ्जाबका लागि अथर्व टयडले सर्बाधिक ६६ रन बनाए भने सिकन्दर राजाले ३६ रन बनाए । त्यस्तै जितेश शर्माले २४, लियाम लिभिंग स्टोनले २३, साम करणले २१ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २५७ रन बनाएको थियो ।लखनउका लागि यस खेलमा मार्कस स्टोइनिसले सर्बाधिक ७२ रन बनाए भने कील मेयर्सले ५४, निकोलस पुरनले ४५, आयुष बदानीले ४३ रन बनाएका थिए ।

यो जितपछि जारी आइपिएलमा लखनउले ८ खेलमा ५ जित हासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जाबको भने ८ खेलमा ४ जितसहित ८ अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद