Media Network

आजदेखि ट्वान्टी–२० विश्वकप सुरु


खबरस्टोरी संवाददाता

३० आश्विन २०७९,आईतवार

काठमाडौँ।।आज बाट आठौं संस्करण ट्वान्टी–२० विश्वकप सुरु भएको छ ।ट्वान्टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप आजदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । सुरुमा आठ टिम सम्मिलित प्रारम्भिक चरण हुनेछ । त्यसपछि ‘सुपर ट्वेल्भ’ को चरण सुरु हुनेछ । यो चरणको पनि समाप्तीमा हुनेछ, नकआउटका खेल । सुरुमा सेमिफाइनल, त्यसपछि फाइनल ।

पछिल्लो संस्करण सन् २०२१ मै मा मात्र भएको थियो, जति बेला यसको उपाधि अस्ट्रेलियाले जितेको थियो।यसपल्ट अस्ट्रेलियासामु आफ्नै गृहभूमिमा उपाधिको रक्षा गर्ने अवसर हुनेछ र यही टिमलाई मानिएको छ, उपाधिको सबैभन्दा ठूलो दावेदार ।

अस्ट्रेलियापछि भारत र इंग्ल्यान्ड दुवै उत्तिकै बलिया दाबेदार हुन् । तर यी टिमको खेल ‘सुपर ट्वेल्भ’ बाट सुरु हुनेछ । त्यस अगाडि रहेको छ, तिनै आठ टिमको खेल । यी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ, चार चार टिमका रूपमा । लिग चरणमा एकले अर्कोसँग खेल्नेछन् । समूहको शीर्ष दुई स्थानमा रहने टिमले ‘सुपर ट्वेल्भ’ को यात्रा तय गर्नेछ ।

सन् २००७ मा पहिलो पटक ट्वान्टी–२० विश्वकपको आयोजना भएको थियो । छोटो समयमै यसका सात संस्करण आयोजना भइसकेका छन् । यसपल्ट हुनेछ, आठौं संस्करण

Share:
Reaction :
ताजा समाचार
खेलकुद