Media Network

पौडी प्रतियोगितामा सहभागी हुन नेपाली टोली पेरु प्रस्थान


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

काठमाडौं । आठौं फिना विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार पेरुको लिमा प्रस्थान गर्दैछ । अगष्ट ३० देखि सेप्टेम्बर ४ सम्म हुने प्रतियोगिताम सहभागी हुन जान लागेका हुन्।

प्रतियोगितामा नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

पुरुषमा विकास कुमालले ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा खेल्ने छन् । महिलामा डुवाना लामाले ५० र १०० मिटर ब्रेस्टस्ट्रोक तथा अनुश्रीया तण्डुकारले ५० र १०० मिटर फ्रिस्टायलमा नेपालको चुनौती पेश गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा ओङडेन लामा रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य दीपेन्द्र विष्ट र नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले बिहीबार कार्यक्रमबीच बिदाइ गरे । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद