Media Network

बंगलादेशले पहिलो हाफमा नै भुटानविरुद्ध फराकिलो अग्रता बनायो


खबरस्टोरी संवाददाता

३१ भाद्र २०७९,शुक्रबार

काठमाडौँ। दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनल  बंगलादेश र भुटानबीच भइरहेको छ। खेलमा बंगलादेशले पहिलो हाफमा नै भुटानविरुद्ध फराकिलो अग्रता बनाएको छ।

भुटानविरुद्ध एकतर्फी अग्रता बनाउने क्रममा बंगलादेशले पहिलो हाफमा नै ४–० ले अग्रता बनाएको थियो।बंगलादेशका लागि जहान सोप्नाले दोस्रो मिनेटमा नै टोलीलाई अग्रता दिलाएकी थिइन्। उनले मोनीका चक्माको पासलाई सदुपयोग गर्दै टिमलाई सुरवातमा नै अग्रता दिलाएकी हुन्।

दोस्रो गोल सविना खातुनले १८ औँ मिनेटमा सम्भव बनाइन्। उनले मारिया मान्डाको पासलाई सदुपयोग गरेकी थिइन्।पहिलो हाफमा नै फराकिलो अग्रतातर्फ अग्रसर गराउने क्रममा तेस्रो गोल कृष्णारानी सरकारले ३० औँ मिनेटमा सम्भव बनाएकी थिइन्। चौथो गोल रितु पोर्ना चक्माले गरेकी थिइन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद