Media Network

बेन्जेमाले जिते बेलन डि’ओर


खबरस्टोरी संवाददाता

१ कार्तिक २०७९,मंगलवार

काठमाडौँ । रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले मंगलबार आफ्नो जीवनमा पहिलोपल्ट विश्व फुटबलकै उत्कृष्ट खेलाडीका रूपमा बेलन डि’ओर अवार्ड जितेका छन् । सन् २०२१–२०२२ को सिजन रियललाई युरोपेली च्याम्पियन्स लिग र स्पेनी ला लिगा दिलाउन उनले ४६ खेलमा ४४ गोल गरेका थिए ।

अवार्डका पछिल्ला १३ संस्करणमध्ये लियोनल मेसी सात र क्रिस्टियानो रोनाल्डो पाँच पल्ट विजेता रहेका थिए । यसपल्ट बेन्जेमापछि बायर्न म्युनिकका साडियो माने दोस्रो तथा म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना तेस्रो भए । मानेले पछिल्लो सिजन लिभरपुलका लागि खेलेका थिए । महिलातर्फ एलेक्सा पुटेलास उत्कृष्ट घोषित भइन् ।

उनले गत वर्ष पनि यो अवार्ड जितेकी थिइन् । इंग्ल्यान्डका लागि युरो २०२२ जितेकी आर्सनलकी बेथ मेड दोस्रो स्थानमा रहिन् । म्यानचेस्टर सिटी भने वर्षको उत्कृष्ट क्लब घोषित भए । यसका लागि उनले लिभरपुललाई उछिनेको थियो । विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित अवार्ड पछिल्लो सिजनको प्रदर्शनको आधारमा प्रदान गरिन्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद