Media Network

बार्सिलोना र म्यानचेस्टर बराबरीमा रोकिए


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौँ।बार्सिलोना र म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएका छन् । क्याम्प नोउमा बुधबार राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब सिटीले ३–३ गोलको बराबरी खेलेका हुन् ।

सुरूवातमा पछि परेर खेलमा दुईपटक अग्रता लिएर पनि बार्सलोनाले त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो। 

घरेलु टोली बार्सिलोनाका लागि पिएरे एमेरिक औवामियाङ, फ्रान्की डि जोङ र मेम्फिस डिपाएले गोल गर्दा सिटीका जुलयिन अल्भारेज, कोल पाल्मेर र रियाद महारेजले गोल गरे।

खेलको २१ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाएका थिए । तर, त्यसक ८ मिनेटपछि पीएरे एम्रिक औबमेयाङले गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थप ४ गोल भयो।

खेलको ६६ औं मिनेटमा फ्रेन्की डी योङले गोल गर्दा बार्सिलोना २–१ ले अघि बढ्यो। तर ७० औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै सिटीलाई पुन २–२ को बराबरीमा ल्याए।

त्यसपछि खेलको ७९ औं मिनेटमा मेम्फिस डीपेले गोल गर्दै बार्सिलोनालाई फेरि ३–२ को अग्रता दिलाए। तर खेलको इन्जुरी समयमा रियाद महरेजले गोल गर्दै सिटीलाई हारबाट जोगाए।

जुआन कार्लोस अनजुको सम्मानमा लुजोन फाउन्डेसनको लागि कोष रकम जुटाउन मैत्रीपूर्ण खेल खेलिएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद