Media Network

बार्सिलोनाका उम्टिटी लेच्चेमा अनुबन्धित


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

कठमाडौँ।बार्सिलोनाका डिफेन्डर स्यामुएल उम्टिटी इटालियन सिरी ए क्लब यूएस लेच्चेमा अनुबन्धित भएका छन् । यो सिजन मात्र सिरी ए क्लबमा बढुवा भएको लेच्चेले उनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।

२८ वर्षीय डिफेन्डर उम्टिटी २०१६ मा लियोनबाट बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि १३३ खेल खेलेका छन् । क्लबमा उनले २ ला लिगासहित ७ उपाधि जितेका छन् ।

सन् २०१८ को विश्वकप विजेता  उम्टिटीले राष्ट्रिय टोलीका लागि ३१ खेल खेलेर ४ गोल गरेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद