Media Network

बर्षाका कारण फेरि रोकियो नेपाल र कुवेतबीचको खेल


खबरस्टोरी संवाददाता

१६ बैशाख २०८०,शनिबार

काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र कुवेतबीचको खेल पानी परेपछि फेरि रोकिएको छ। खेलको दोस्रो इनिङमा ८.३ ओभर खेल भइरहँदा खेल रोकिएको हो।

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ। यदि पानी परेर डीएल मेथडमा खेलको नतिजा लिन परे कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनु पर्नेछ।

कुवेतका ६ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा नेपालका तीव्र गतिका बलर करण केसी एक्लैले पाँच विकेट लिए भने, सोमपाल कामीले एक विकेट लिएका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद