Media Network

बायर्न म्युनिख, नापोली र ब्रुग युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा


खबरस्टोरी संवाददाता

२७ आश्विन २०७९,बिहीबार

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख, इटालियन क्लब नापोली र बेल्जियन क्लब ब्रुग युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् । बुधबारको खेलपछि तीन क्लबले नकआउटमा स्थान पक्का गरेका हुन् । यसअघि नै म्यानचेष्टर सिटी र रियल मड्रिडले नकबउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् ।

बुधबार राती भएको समूह सी को खेलमा भिक्टोरिया प्लेजनलाई ४–२ ले पराजित गर्दै बायर्नले दुई खेल अघि नै अन्तिम १६ मा स्थान पक्का गरेको हो । समहू चरणमा अपराजित बायर्नले चार खेलबाट १२ अंक जोडेको छ । भिक्टोरिया प्लेजन अंकविहिन हुँदै पुछारमा छ ।

बायर्नको जितमा लियो गोरेट्ज्काले दुई तथा साडियो माने र थोमस मुलरले समान एक गोल गरे । प्लेजनका लागि एडम भिकानोभा र क्लिमेन्टले एक एक गोल गरे ।

बार्सिलोनालाई गाह्रो

समूह सी बाट बायर्न अघि बढ्दा स्पानिस क्लब बार्सिलोनाले भने इटालियन क्लब इन्टरसँग ३–३ को बराबरी खेलेपछि नकआउट चरणको यात्रा कठिन बनेको छ । चार खेलबाट बार्सिलोना जम्मा ४ अंकसहित तेस्रो स्थानमा छ ।

बार्सिलोनाले एक जित र एक बराबरी खेल्दै ४ अंक जोडेको हो भने दुई खेलमा पराजित भएको थियो । इन्टर भने ७ अंकसहित दोस्रो स्थानमा छ ।


बार्सिलोनाका लागि रोवर्ट लेवान्स्कीले दुई गोल गरे । यस्तै उसमान डेम्बेलेले एक गोल गरे । इन्टरका लागि निकोलो बारेया, लाउटारो मार्टिनेज र रोविन गोसेन्सले गोल गरे ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद