Media Network

च्याम्पियन्स लिगमा इन्टरले एसी मिलानलाई हरायो


खबरस्टोरी संवाददाता

२८ बैशाख २०८०,बिहीबार

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अल इटालियन सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई २–० ले पराजित गरेको छ ।
सान सिरोमा बुधबार राति भएको खेलमा इन्टरले पहिलो हाफमै दुई गोल गरेको थियो । मिलान डर्बीमा इन्टर सुरुवाती ११ मिनेटमै दुई गोल गर्दै खेलमा हावी बनेको थियो ।
खेलको आठौं मिनेटमै एडेन जेकोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि हेनरिख मिखात¥यनले गोल गरी इन्टरको अग्रता दोब्बर पारे ।
त्यही अग्रता कायम राख्दै इन्टरले दुई गोल अन्तरमा खेल जित्यो र दोस्रो लेगअघि फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद