Media Network

छैटौं संस्करणमा नयाँ इतिहास रच्न नेपाल-बंगलादेश फाइनल खेल्दै


खबरस्टोरी संवाददाता

३ आश्विन २०७९,सोमबार

काठमाडौँ। छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि  नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् ।खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ 

नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास रच्नेछन् ।

 बंगलादेशले प्राविधिक रुपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । नेपाललाई घरेलु मैदान र दर्शकको राम्रो साथ छ ।

नेपाल र बंगलादेशको फाइनल खेल हेर्न १० हजार भन्दा बढी दर्शकले टिकट लिइसकेका छन् ।

प्रतियोगितामा फाइनल यात्रा तय गर्दा दुवै टोलीको दुई समानता छ । दुवैले यसअघि ५ पटक च्याम्पियन बनेको भारतलाई हराइसकेका छन् । खनी दुवैले अहिलेसम्म गोल खाएका छैनन् ।

भारतको दबदबालाई तोडिसकेका दुवै टोली अब फाइनल जितेर ट्रफी उचाल्ने योजनामा छ ।

नेपालले सेमिफाइनलमा भारतलाई १–० ले हराएर फाइनलमा इतिहास बनाएको हो । साफ इतिहासमै नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । नेपाल पाँचौ पटक फाइनल पुगेको हो । यस्तै बंगलादेशले पनि समूह चरणमा भारतलाई ३–० ले पराजित गरेको थियो ।

बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिप फाइनल पुग्ने क्रममा भुटानलाई सेमिफाइनलमा ८–० ले हरायो ।

बंगलादेशले फाइनलसम्म आइपुग्दा २० गोल गर्दा नेपालले ११ गोल गरेको छ । नेपालले समूह चरणमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । बंगलादेशले माल्दिभ्सलाई ३–० ले, पाकिस्तानलाई ६–० र भारतलाई ३–० ले पराजित गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद