Media Network

डेनमार्कद्धारा फ्रान्स पराजित


खबरस्टोरी संवाददाता

१० आश्विन २०७९,सोमबार

यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार राति भएको खेलमा फ्रान्स डेनमार्कसँग २–० गोल अन्तरले पराजित भएको छ।आइतबार भएको खेलमा डेनमार्कलाई जिताउन कास्पर डोल्बर्ग र आन्द्रेस ओल्सेनले एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा डोल्बर्गले गोल गर्दै डेनमार्कलाई सुरूआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ३९ औं मिनेटमा ओल्सेनले गोल गर्दै डेनमार्कलाई पहिलो हाफमै २–० अग्रता दिलाएका थिए।

दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि फ्रान्सले गोल गर्न नसक्दा हार व्यहोर्नु प¥यो।यो नतिजासँगै समूह एको लिग वानमामा फ्रान्सले ६ खेलबाट तेस्रो हार व्यहोरेको छ।

फ्रान्सले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। यस्तै २ खेल बराबरीमा सकिएको छ।६ खेलबाट १२ अंक जोडेको डेनमानर्क दोस्रो स्थानमा छ। यस्तै समान खेलबाट १३ अंक जोडेको क्रोएसिया शीर्ष स्थानमा छ। ४ अंक जोडेको अष्ट्रिया पुछारमा छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद