Media Network

एसीसी प्रिमियम कप सेमिफाइनल आजः नेपाल कुवेतसँग भिड्दै


खबरस्टोरी संवाददाता

१६ बैशाख २०८०,शनिबार

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज सेमिफाइनलका दुवै खेल हुदै छन् ।टियु क्रिकेट मैदानमा बिहान ९ बजेदेखि घरेलु टिम नेपालले कुवेतको सामना गर्दै छ । त्यस्तै सोहि समयमा मुलपानी क्रिकेट मैदानमा ओमान र युएईबीच अर्को सेमिफाइनल खेल हुने भएको छ ।

समुह ए बाट नेपाल समुह विजेता हुदै र ओमान उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् भने समुह बि बाट युएई समुह विजेता र कुवेत उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् ।

१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब थिए भने समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका थिए ।समुह ए बाट मलेसिया, कतार, साउदी अरेबिया तथा समुह बि बाट हङकङ, सिंगापुर र बहराइन समुह चरणबाट बाहिरिएका थिए ।

यहि वैशाख ५ देखि शुरु भएको यस प्रतियोगिताको फाइनल खेल बैशाख १८ गते हुने छ । यस प्रतियोगिताको विजेता टोलीले एसिया कपको समुह ए मा रहेका भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद