Media Network

एसीसी प्रिमियर कपः ब्याटिङमा उत्रियो नेपाल


खबरस्टोरी संवाददाता

१६ बैशाख २०८०,शनिबार

काठमाडौ । एसीसी प्रिमियर कपअन्तर्गत कुवेतविरूद्धको सेमिफाइनलमा नेपाल ब्याटिङमा उत्रिने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो। 

नेपाली टिममा एक परिवर्तन गरिएको छ। गुल्शन झाको स्थानमा करण केसी टिममा परेका छन्। 

नेपाली टिम – रोहित पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप लामिछाने, कुशल मल्ल र आरिफ शेख।


Share:
Reaction :
ताजा समाचार
खेलकुद