Media Network

एसीसी प्रिमियिर कपः करनको उत्कृष्ठ प्रदर्शन, १० रन दिएर पाँच विकेट लिए


खबरस्टोरी संवाददाता

१६ बैशाख २०८०,शनिबार

काठमाडौँ । एसीसी प्रिमियिर कपअन्तर्गतको सेमिफाइनल खेलमा करन केसीले उत्कृष्ठ प्रदर्शन गरेका छन् । जारी खेलमा उनले १० रन मात्र दिएर पाँच विकेट लिएका छन् । 

उनले कुवेतका कप्तान मोहमद अस्लम, सिराज खान, राभिजा सान्दारुवान, मित भावसार र अदनान इद्रिसलाई आउट गरेका हुन् । उनले जम्मा ४.३ ओभर बलिङ गर्दै १० रन दिएका छन् ।

त्यस्तै, खेलमा सोमपाल कामीले एक विकेट लिएका छन् । उनले परविन्दर कुमारलाई आउट गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद