Media Network

एसीसी प्रिमियर कपः नेपालको तेस्रो विकेट गुम्यो


खबरस्टोरी संवाददाता

१६ बैशाख २०८०,शनिबार

काठमाडौं  । एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसँग खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। विष्फोटक सुरुवात गरेको नेपालले कुशल भुर्तेल, भीम सार्की आसिफ सेखको विकेट गुमाएको हो।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट हुँदासम्म नेपालले १०.५ ओभरमा ७७ रन बनाएको थियो। उनले आउट हुनुअघि ३९ बल खेल्दै  ४३ रन बनाए।तेस्रो विकेटका लागि मैदानमा उत्रिएका भीम केवल १ रन बनाएर पेभेलियन फर्किए। यस्तै ओपनर ब्याट्सम्यान आसिफ भने २८ बलमा ३१ रन बनाएर मैदान छाडे।

टस हारेको नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद