Media Network

एसीसी प्रिमियर कपः वर्षाले रोकिएको नेपाल–यूएईबीचको बाँकी खेल आज


खबरस्टोरी संवाददाता

१९ बैशाख २०८०,मंगलवार

काठमाडौ । वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल आज हुँदैछ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई टीमबीच सोमबार भएको खेल वर्षाका कारण अवरुद्ध भएको थियो। 

पहिलो इनिङको २७.३ ओभरको खेल हुँदा वर्षाका कारण खेल रोकिएको थियो। आज त्यहीं अवस्थाबाट खेल सञ्चालन हुने नेपाल क्रिकेट संघले जनाएको छ। 

वैशाख १९ गते पनि खेल हुन नसकेमा भने ‘सिडिङ’ का आधारमा विजेता घोषणा गरिनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को प्राविधिक कमिटीले ‘सिडिङ’ का लागि पाँच वटा आधार तय गरेको छ। यसमा सबैभन्दा बढी अङ्क भएको टोलीलाई विजयी घोषणा गरिन्छ। दुवै टोलीको अङ्क बराबर भएमा बढी खेल जितेको टोली विजयी हुन्छ। त्यसमा पनि बराबर भएमा रनरेट, बलिङ स्ट्राइक रेट र त्यसपछि हेड टु हेडका आधारमा विजेता घोषणा गरिन्छ।

यस प्रतियोगितामा नेपालको सात अङ्क छ भने यूएईको ६ अङ्क छ। अब वैशाख १९ मा पनि खेल हुन सकेन भने नेपाललाई लिगमा प्राप्त अङ्कका आधारमा विजेता घोषणा गरिनेछ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद