Media Network

एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७९,बुधबार

काठमाडौँ।एसीसी प्रिमियर कप २०२३ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ। घरेलु मैदानमा हुने खेलका लागि क्यानले २१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। 

प्रिमियर कपमा नेपाल समूह बी ए मा परेको छ। नेपाल रहेको समूहमा मलेसिया, साउदी अरब, कतार र ओमान छन्।

समूह ’बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र यूएई छन्। 

आगामी वैशाख १८ गतेसम्म चल्ने प्रतियोगितामा नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्नेछ

Share:
Reaction :
ताजा समाचार
खेलकुद