Media Network

कुवेतलाई ८ विकेटले हराउँदै हङकङको लगातार दोस्रो जित


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

काठमाडौँ । एसिया कप छनोटमा कुवेतलाई ८ विकेटले हराउँदै हङकङले लगातार दोस्रो जित हासिल गरेको छ।पहिलो खेलमा सिंगापुरलाई ८ रनले हराएको हङकङले गएराति कुवेतमाथि सहज जित हासिल गरेको हो।

ओमानको अल अमेरत क्रिकेट मैदानमा कुवेतले दिएको १५२ रनको लक्ष्य हङकङले १७.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा ग¥यो। 

हङकङको जितमा बाबर हायात र कप्तान निजाकात खानले अर्धसतकीय पारी खेले। हायात ३० बलमा २ चौका र ५ छक्कासहित ५३ रनमा अभिजित रहे। यस्तै कप्तान खानले ४३ बल खेल्दै ४ चौका र १ छक्कासहित ५० रन जोडे। त्यसअघि ओपनर यासिम मुर्ताजाले ४६ रन जोडे। 

कुवेतका मोहम्मत शाफिक र एडनान इन्द्रेसले १–१ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। 

उसका लागि एडसन शिल्भाले सर्वाधिक ५६ रन बनाए। कप्तान मोहम्मद आश्लामले २१ रन जोड्दा उस्मान पटेलले १९ र सायद मोनिबले १६ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुवेतले अतिरिक्तबाटै १३ रन जोडेको थियो।

हङकङका लागि अइजाज खान, इत्सान खान र याशिम मुर्ताजाले समान २–२ विकेट लिए। यो जितसहित हङकङ चार राष्ट्र सम्मिलित छनोटमा ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद